May 26th, 2016

के हो भित्री धितोपत्र कारोबार ? यसले कसरी बढाउँछ शेयर मूल्य ?

insider tradingनियमानुसार कम्पनिका लगानीकर्तासमक्ष सार्वजनिक गर्नुपर्ने तर निर्णय भइनसकेका सूचनाहरुका आधारमा भएको धितोपत्र कारोबारलाई भित्री कारोबारका रुपमा लिइन्छ । धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ९१ (१) का अनुसार, सार्वजनिक नभएका र धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री वा गोप्य सूचना तथा जानकारीका आधारमा कुनै व्यक्तिले धितोपत्र कारोबार गरेमा, अरुलाई त्यस्तो कारोबार गर्न लगाएमा र आफूलाई थाहा भएको सूचना वा जानकारी अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ । सो ऐनले त्यस्तो काम दण्डनिय हुने व्यवस्था गरेको छ । यद्यपि, कम्पनिको शेयर मूल्य बढाउने नियतले कानूनको नै बेवास्ता गरी धितोपत्रको भित्रि कारोबारलाई बढावा दिने गरेको पाइन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]