November 21st, 2018

चौैतारी लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं ५ र कर्णाली प्रदेशका दाङ, रोल्पा, प्युठान, पुर्वी रुकुम, सल्यान, पश्चिम रुकुम, सुर्खेत र जाजरकोट मा अवस्थित शाखाका शाखा प्रमुखहरुको उपस्थितिमा आ.व.२०७५/७६ को प्रथम त्रैमासको समीक्षा गोष्ठी सम्पन्न गरेको छ । मंसिर ४ गतदेखि सुरु दुई दिने गोष्ठीको समुद्घाटन संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्षले वित्तीय संस्थाको भावी रणनीतिको बारेमा जानकारी गराए । उनले वित्तीय क्षेत्रमा वित्तीय अनुशासन विना नचल्ने धारणा राखे।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त क्षेत्रमा रहेका अवसरहरु, चुनौती तथा लक्ष्य प्राप्त गर्नको लागि अपनाउनुपर्ने रणनीति तथा संस्थागत भावी रणनीतिको बारेमा गराए ।

त्यस्तै, नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशीले कार्यक्रमको महत्व तथा उद्देश्यको बारेमा जानकारी गराए । 

कार्यक्रममा वित्त प्रमुख ज्ञानीश्वर पन्तले प्रथम त्रैमासको वित्तीय विवरण र लक्ष्य तथा प्रगतीको बारेमा प्रस्तुती दिएका थिए भने मानब संशाधन प्रमुख ख्यामकान्त अर्यालले लक्ष्य पुरा गर्न कर्मचारी परिचालन पनि एक महत्वपुर्ण भाग रहेको धारणा राखेका थिए । 

कार्यक्रममा २४ जना शाखा प्रमुख र केन्द्रीय कार्ययलयका प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी अधिकृत लगायत विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरु सन्तोष कार्की र कौशल खडका गरी कूल ३० जनाको उपस्थिती रहेको छ ।

कार्यक्रममा शाखा प्रमुखहरुले आआफ्नो शाखा कार्यालयको पहिलो त्रैमासको लक्ष्य तथा प्रगति, अवसर, चुनौतीहरु तथा भावी रणनीतिको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रभु लाईफ ईन्स्योरेन्सका प्रतिनिधिहरुले लघु कर्जाको बारेमा जानकारी गराएका थिए भने आर.एम.डि.सि कोहलपुरका शाखा प्रमुख  भरत कुमार सिंहले शाखा प्रबन्धकको भुमिका र जिम्मेवारी को बारेमा प्रशिक्षण दिएका थिए । 

वुटवलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले यसै महिना आईपिओ ल्याउने तयारी गरेको छ । यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्तसम्ममा १५ वटा जिल्लाहरुमा ५४वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार संजाल विस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहकवर्गहरुलाई लक्षित गर्दै ३२००० ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विनाधितो गरी संस्थाको लगानीमा रही रहेको कर्जा कूल ९६ करोड रहेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट रु. २८  करोड बचत संकलन गरेको छ प्रथम त्रैमासीकमा सम्पुर्ण सुचकहरु पुरा गर्ने चौरजहारी शाखालाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।