November 20th, 2018

वोमी माईक्रोफाइनान्सको लघुवित्त कार्यक्रम प्रभावकारिता तथा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई “लघुवित्त कार्यक्रम प्रभावकारीता तथा व्यवस्थापन” तालिम प्रदान गरेको छ । संस्थाले मंसिर १ र २ गते दुई दिने तालीम दिएको हो । आवसिय उद्योग बाणिज्य संघ नारायणगढको सभाहलमा विभिन्न शाखा कार्यालयहरुमा कार्यरत प्रशिक्षार्थी सहायक २२ जना कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

तालिममा संस्थाका विभिन्न एरियाका एरिया प्रमुख तथा विभगिय प्रमुखहरु साथै विभिन्न बैंकमा कार्यरत अधिकृतहरुले सहजिकरण गरे । यस तालिम कार्यक्रमका प्रशिक्षकहरुमा ज्योतिनगर शाखाका प्रमुख नेत्र प्रसाद गौतम, एरिया प्रमुख भवानाथ सावकोटा, एरिया प्रमुख बसिर मिया, एरिया प्रमुख बलराम कालाखेति, विमल कोईराला साथै, विभागीय प्रमुख घनश्याम भट्टराई र का.मु. नायब महाप्रबन्धक रहेका थिए । 

लालिममा कर्मचारीहरुले लघुवित्तमा बजारिकरण, लघुवित्तमा जोखिम लघुवित्तमा समय व्यवस्थापन, उत्प्रेरणा, लघुवित्तमा आधारभुत लेखा, लघुवित्तमा कर्जा साथै, लघुवित्तमा बचतको महत्वबारे जानकारी लिएका छन् । 

हाल संस्थाले ३२ जिल्लाको ४० वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।। सञ्चालनमा रहेका शाखा कार्यालयहरुमा २६ हजार ५ सय ६४ सदस्यमा उठाउन बाँकी लघु कर्जा १ अरव ३७ करोड तथा बचत परिचालन ५० करोड रहेको छ । संस्थाले निकट भविष्यमा राष्ट्रिय स्तरको लघुवित्तमा स्तरोन्नती भई देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा विस्तार गर्ने योजनामा रहेको संस्थाले जनाएको छ ।