कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थाको यस आ.ब.को प्रथम त्रैमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, हालका अवसरहरु, चुनौती तथा लक्ष्य प्राप्त गर्नको लागि संस्थागत भावी रणनीतिको बारेमा अवगत गराए । कार्यक्रममा केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, सञ्चालन तथा प्रशासन विभाग प्रमुख, कर्जा विभाग प्रमुख, सञ्चालन जोखिम बिभाग प्रमुख, वित्त विभाग प्रमुख गरी ६ जना र २२ जना शाखा प्रमुख गरी कूल २८ जनाको उपस्थिति रहेको छ ।
कार्यक्रममा शाखा प्रमुखहरुले आआफ्नो शाखा कार्यालयको पहिलो त्रयमासको लक्ष्य तथा प्रगति, अवसर, चुनौतीहरु तथा भावी रणनीतिको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
काठमाडौँको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले, लक्ष्मी बैँकको सहायक कम्पनीको रुपमा स्थापित राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा आफ्नो कारोबार संचालन गर्दै आएको छ । यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्त सम्ममा ४७ वटा जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७१,६३२ ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विना धितो गरी संस्थाको लगानीमा रहीरहेको कर्जा कूल रु.२ अर्ब ९८ करोड रहेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट रु. १ अर्ब १ करोड बचत संकलन गरेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण, आधुनिक मोबाईल बैँकिङ्ग सेवा र शाखा रहित बैँकिङ्ग कारोबार संचालन गर्दै आइरहेको छ ।
यो संस्थाको दोश्रो समीक्षा गोष्ठी कार्यक्रम हो । संस्थाले यस भन्दा पहिले प्रदेश नं ७, ६ र ५ मा अवस्थित शाखा प्रमुखहरुको समीक्षा गोष्ठी धनगढीमा कार्तिक १४ गते सम्पन्न गरेको थियो ।