बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार दुवै पक्षबिच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र ग्लोवल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरे ।
कार्तिक ९ गर्ने सम्पन्न कम्पनीको छैटौं साधारण सभाबाट हाल कायम रहेको चुक्ता पुँजी २८ करोड ६० लाख को १५ प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सो पश्चात हुने चुक्ता पूँजी रु. ३२ करोड ८९ लाखको शत प्रतिशत हकप्रद शेयर निश्काशन गदा चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैया पुग्नेछ ।
गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्ष प्रथम त्रैमासमा संस्थाले ४४.१० प्रतिशत नाफा बृद्धि गर्न सफल भएको छ । मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।