November 5th, 2018

वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत नगद लाभांश पारित

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । संस्थाको कात्तिक १७ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांस रकम दुई करोड ५२ लाख ७२ हजार रुपैयाँ स्वीकृत गरेको छ । 

उक्त साधारणसभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोवार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेकी थिइन् ।

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । त्यस्तै, सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट दुइ वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]