बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर ५ गते हुने भएको छ । संस्थाको कात्तिक ११ गते बसेको संचालक समितिको २८औँ बैठकको निर्णयअनुसार मंसिर ५ गते हुन लागेको साधारणसभामा जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव लगिने भएको छ ।
साधारणसभाको विशेष प्रस्तावमा हाल कायम रहेको अधिकृत पुँजी यथावत रहने गरी जारी पुँजीलाई चार करोड ३० लाख रुपैयाँबाट बढाएर आठ करोड ७० लाख ७५ हजार रुपैयाँ पुर्याउने उल्लेख छ । त्यस्तै, चुक्तापुँजी पनि तीन करोड एक लाख रुपैयाँबाट बढाएर छ करोड नौ लाख ५२ हजार पाँच सय रुपैयाँ पुर्याउने प्रस्ताप पनि साधारणसभाले पारित गर्ने भएको छ ।