बैंकिङ खबर । नेशनल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
संस्थाले आन्तरिक लेखा परीक्षक पदका लागि १, सूचना तथा प्रविधि अधिकृत पदका लागि १, सामाजिक व्यवसाय विकास अधिकृत पदका लागि १ तथा शाखा प्रमुख र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक तथा अनुभवी व्यक्तिहरुले संस्थाको वेभसाइटमा राखिएको दरखास्त फारम अनुसारको विवरण सहित नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु समेत संकलन गरि केन्द्रीय तथा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
