October 28th, 2018

स्वदेशी लघुवित्तको सौजन्यमा पुनर्वासमा आँखा शिविर सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा शाखा कार्यालय पुनर्वास र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको संयुक्त आयोजनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. स्थित जनकल्याण माध्यामिक बिद्यालयको प्राङ्गणमा शनिबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त  आँखा शिविरमा करिब ८०० जनाले सेवा लिएका थिए । शिविरमा कैलाली, कञ्चनपुर र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशका सेवाग्राहीहरुको पनि उपस्थिती थियो । 

शिविरमा निशुल्क औषधी, बितरण गरिनुका साथै सहुलियत मूल्यमा चश्मा उपलब्ध गराएको थियो । उक्त शिबिरमा सहभागी भएका मध्ये एक सय अठहत्तर जनाको मोति बिन्दुको समस्या देखिएकोले उक्त बिरामीहरुलाई निशुल्क अप्रेशन गेटा आँखा अस्पतालमा गराईने स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा पुनर्वासका प्रबन्धक हेमराज अवस्थीले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीका अध्यक्षले आफु एकदमै खुशी रहेको र त्यस्ता कार्यक्रम स्वास्थ्यका विभिन्न क्षेत्रमा अरु ठाउँमामा गर्न सके अझै प्रभावकारी हुने बताए ।

सो कार्यक्रममा पुनर्वास नगरपालीका कार्यालय र वडा कार्यालयका जन प्रतिनिधी, पत्रकार, समाजसेवी, वुद्धिजिवि, विभिन्न राजनितिक दलका प्रतीनिधिहरु, जनकल्याण मा.वि. पुनर्वास परिवार, अस्थाई प्रहरी पोष्ट आई.वि.आर.डि. पुनर्वास कञ्चनपुर लगायतको उपस्थिति रहेको थियो ।