October 23rd, 2018

महुली सामुदायिक लघुवित्तमा रोजगारी खुल्यो

बैंकिङ खबर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरेको हो । यस पदका लागि शैक्षिक योग्यता स्नातक वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ । यसका साथै उम्मेदवारले लघुवित्त वा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकिय तहमा ५ वर्ष काम गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

ईच्छुक उम्मेद्धारले कात्तिक २० गतेसम्म आवेदन दिई सक्नु पर्नेछ । आवेदकले आफ्नो हस्ताक्षर सहितको निवेदन, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाण पत्र, बायोडाटा तथा कार्यानुभव जस्ता कागजातको प्रतिलिपि आवेदनका साथ संकलन गरि पठाउनुपर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]