October 22nd, 2018

बैंकिङ क्षेत्रमा ७५०भन्दा बढीलाई रोजगारीको अवसर

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ७५०भन्दा बढीको संख्याका रोजगारीको अवसर तपाईँलाई पर्खिरहेको छ । मेगा बैंक, सिभिल बैंक, सिभिल लघुवित्त, ज्योति विकास बैंक र कैलाश विकास बैंकले कर्मचारी मागेका छन् । विभिन्न पदका लागि विभिन्न योग्यता भएका कर्मचारी मागिएको छ । आफ्नो योग्यता मेल खाने पदका लागि छिटै आवेदन दिइहाल्नुहोस् ।

मेगा बैंकले एसिस्टेन्ट अफिसर र मेनेजर लेभलका १०४ जना कर्मचारी मागेको छ । यसका लागि स्नातक र स्नातकोत्तर उतीर्ण व्यक्तिले ३१ अक्टोबरभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

सिभिल बैंकले प्लस दुई, स्नातक र स्नातकोत्तर उतीर्ण गरेका ४९६ जना कर्मचारी विभिन्न १८ पदका लागि  मागेको छ । आवेदन दिने म्याद ३० अक्टोबरसम्म मात्रै छ । 

सिभिल लघुवित्तले एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट, जुनियर अफिसर र जुनियर अफिसर (आईटी) पदमा २९ वना कर्मचारी मागेको छ । यसका लागि प्लस दुई वा स्नातक उतीर्ण व्यक्तिले २६ अक्टोबरभित्रमा एप्लाई गरिसक्नुपर्छ । 

त्यस्तै, ज्योति विकास बैंकले ४० जना ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्ज मागेको छ । यसका लागि स्नातक वा स्नातक उतीर्ण व्यक्तिले २५ अक्टोबरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

यता, कैलाश विकास बैंकले केही (५०भन्दा बढी) ट्रेनी एसिस्टेन्ट र ब्रान्च मेनेजर मागेको छ, जसमा स्नातक वा स्नातकोत्तर उतीर्णले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद २४ अक्टोबरसम्म मात्रै रहेको छ । 

यी पाँच बैंकले अधिकांश पदका लागि अनुभवी कर्मचारी मागेका छन् । आफ्नो योग्यता र अनुभव पुग्ने पदमा एप्लाई गरि आफ्नो बैंकिङ करिअर सुरक्षित गर्ने यो सुनौलो अवसर हुन सक्छ ।