October 15th, 2018

फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

बैंकिङ खबर । फस्र्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको नवौँ साधारणसभासम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्र राज रेग्मिद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसै गरि नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरिक्षण प्रतिवेदन समेत पारित गरेको छ  । 

सभाले आ.व २०७५।०७६ को मुनाफावाट सेयर धनीहरुलाई १२।६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

साधारण सभाले रिक्त ३ सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरुको निर्वाचन समेत निर्विरोध सम्पन्न गरेको छ । निर्विरोध निर्वाचित हुने संस्थापक सेयरधनीहरुमा ग्लोबल आइएमई बैकको तर्फवाट प्रतिनीधित्व गर्ने सुरेन्द्र राज रेग्मी, देव विकास बैकको तर्फवाट प्रतिनीधित्व गर्ने विवेकमान सिंह शाक्य र संस्थापक सेयरधनी उमेश कटुवाल रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]