बैंकिङ खबर । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको २ बराबर १ कित्ताको अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार दुई सय ५० कित्ता हकप्रद सेयर बिक्री गर्न शुक्रबार अनुमति पाएको हो ।
दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने समेत घोषणा गरेको छ । बोनसपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ६० लाख पुग्नेछ ।
माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।