May 25th, 2016

कैलाश, मेट्रो, र नेपाल एक्सप्रेस गाभिए, सोमबारबाट एकीकृत कारोबार 

mergerकैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सले आगामी जेठ १७ गतेबाट एकिकृत कारोबार थाल्ने भएका छन् । तीन कम्पनी मर्ज भएको नयाँ कम्पनी कैलाश विकास बैंक लिमिटेडको नामबाट संचालनमा आउँदैछ । यी तीन कम्पनीले गत कात्तिकमा मर्जर सम्झौता गरेका थिए । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कैलाश विकास बैंकको चुक्ता पूँजी १ अर्ब ११ करोड २ लाख रुपैंया रहेको छ । त्यसै गरि नेपाल एक्सप्रेस फाइनान्सको चुक्ता पूँजी २९ करोड ८४ लाख रुपैंया तथा मेट्रो डेभलपमेण्ट बैंकको पूँजी २५ करोड १० लाख रुपैंया रहेको छ । मर्जर पश्चात बनेको नयाँ बैंकको चुक्तापुँजी एक अर्ब ६५ करोड, निक्षेप १५ अर्ब कर्जा सवा ११ अर्ब रुपैयाँ पुगेको छ । यसैगरि कम्पनीको शाखा सञ्जाल ३८, एटिएम १७, कर्मचारी ३ सय ४१, ९ हजार २ सय ९ जना शेयरधनी र एक लाख बढी ग्राहक पुगेको छ ।