October 12th, 2018

कैलालीमा गणपति माइक्रोफाइनान्सका दुई नयाँ शाखा संचालनमा 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कैलालीको घोडाघोडी नगरपालीका ०१, सुखड तथा लम्की–चुहा नगरपालीका ०१, लम्कीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सुखड शाखा कार्यालयको उद्घाटन घोडाघोडी नगरपालीका मेयर ममता चौधरी र लम्की शाखा कार्यलयको उद्घाटन लम्की–चुहा नगरपालीका वडा न. ०१ का अध्यक्ष जनक बमले गरे ।

योसँगै गणपति माइक्रोफाइनान्सको शाखा संख्या २२ (बाइस) पुगेको छ । चालू आर्थिक वर्षभित्र थप शाखाहरु विस्तार गर्ने गृहकार्य भइरहेको लघुवित्तले जनाएको छ । 

हाल सम्म यस वित्तीय संस्थाले १३ जिल्लामा जम्मा ११,३५९ घर परिवारमा वित्तीय सेवा पुर्याइरहेको र लगानीमा रहीरहेको कर्जा रकम ६१ करोड ३० लाख रहेको छ । साथै  वित्तीय संस्थाले हाल सम्म रु १५ करोड ३२ लाख बचत संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]