October 10th, 2018

कसरी भर्ने स्वदेशी लघुवित्तको हकप्रद सेयर ?

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । मंगलबारदेखि सुरु भएको सेयर निष्काशन कात्तिक २६ गतेसम्म खुला रहनेछ । भदौ २५ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद खरिदका लापिग आवेदन दिन पाउनेछन् । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद सेयरको विक्री सुरु गरेको हो । संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड, स्वदेशी लघुवित्तको कार्यालय वा सीआश्वा लागू भएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयर खरिदका लागि आवेदन दिन ससकिन्छ । 
 
यो वित्तीय संस्थाको अधिकृत पुँजी ५० करोड रहेको छ भने चुक्ता पुँजी ११ करोड ५० लाख रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पछि संस्थाको पुँजी २३ करोड पुग्नेछ । यो लघुवित्तमा संस्थापकाको ७० प्रतिशत र कर्मचारीबाहेक सर्वसाधारणको सयर ३० प्रतिशत रहेको छ । 

गत आर्थिक वर्ष २०७४।७५ मा तीन करोड ७५ लाख नाफा गरेको यो वित्तीय संस्थाले तीन वर्षमा २० करोड नाफा गर्ने लक्ष्य अगाडि सारेको छ । हाल ३२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको यो लघुवित्तले तीन वर्षमा प्रतिसेयर आम्दानी ५२ रुपैयाँ पुर्याउने उल्लेख गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]