May 25th, 2016

संसारभर फैलिँदै बैँकिङ अपराध : अफ्रिकी बैँकबाट पनि हरायो डेढ करोड डलर

bankingदक्षिण अफ्रिकाको बैँकबाट १ करोड ३० लाख अमेरिकी डलर चोरी भएको छ । बैँकबाट २ घण्टाको अवधिमा सो रकम चोरी भएको हो । १० हजार माइलको दुरीमा रहेको अर्को महादेशबाट नक्कली क्रेडिट कार्ड प्रयोग गरेर रकम चोरी गरिएको बताइएको छ । चोरहरुले जापानमा सेभेन बैँकले सञ्चालन गरेको एटीएम नेटवर्क प्रयोग गरेको भेटिएको छ । जापानी बैँले पनि घटनाको पुष्टि गरेको छ । 

यता, जापानमा पनि क्यास मेसिनबाट १६ सय नक्कली कार्ड प्रयोग गरी १४ सय व्यक्तिको पैसा निकालेको पाइएको छ । यी दुई घटनाबिच भने कुनै सम्बन्ध नरहेको बताइएको छ । 

यसअघि पनि बंगलादेशको केन्द्रिय बैँक, वाणिज्य बैँकहरुबाट पैसा चोरी भएको खबर बाहिरिएको थियो ।