October 8th, 2018

देशव्यापी वित्तीय साक्षरता अभियानमा ‘स्वदेशी लघुवित्त’, ताप्लेजुङमा कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे आयोजनमा ताप्लेजुङ जिल्ला फुङलिङ न.पा. अन्र्तगत भानु जन मा.वि. विद्यालयमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा ताप्लेजुङ जिल्लाको विरेन्द्रचोक शाखामा उक्त कार्यक्रम संचालन गरेको हो । 

विद्यार्थीहरुलाई वित्तीय सुचनाहरु प्रदान गरी सप्ताहब्यापी रचनात्मक कार्यक्रमहरु गर्ने उद्देश्यले सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा स्वदेशी लघुवित्तका सामाजिक विकास अधिकृत विकल काफ्ले, स्वदेशी लघुवित्त विरेन्द्रचोक शाखा प्रबन्धक दिपेश पोखरेल, भानु जन मा.वि. का प्राचार्य किशोर कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

वित्तीय चेतनाहरुको कुरा विद्यार्थीहरु सम्म पुर्याई यस्तो महत्वपुर्ण विषयमा विद्यार्थीहरुलाई सुचित गराएको आफुलाई एकदमै खुशी लागेको कुरा विद्यालयका प्राचार्य राईले बताए । कार्यक्रममा विद्यालयका शिक्षकहरु समेत उपस्थित थिए ।

स्वदेशी लघुवित्त केन्द्रिय कार्यलयबाट प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका सामाजिक बिकास अधिकृत विकल काफ्लेले एक्काइसौं शताब्दीमा सबै मानिसहरु वित्तीय चेतनाको पहुँचबाट बाहिर रहनु नहुने र वित्तीय चेतना आधारभुत आवश्यकता बनिसकेकोले वित्तीय चेतनाका कार्यक्रमहरु देशको कुना कुनासम्म पुर्याउनको निमीत्त स्वदेशी लघुवित्त लागिरहेको तथा त्यसको बलियो माध्यम नै विद्यार्थीहरु भएको बताए ।

यस कार्यक्रमसँगसँगै असोज २२ गते पत्रकार सम्मेलन, २४ गते ऋण सदुपयोगिता विषयक अन्तरकृया कार्यक्रम, २५ गते सडक नाटक तथा २६ गते वित्तीय साक्षरता र्याली र “कर्जा लिएर उद्यमी बन्नुभन्दा त्यसै बस्नु बेस” विषयक वादविवाद कार्यक्रम गर्ने सामाजिक अधिकृत काफ्लेले जानकारी दिए ।

कार्यक्रममा कक्षा ९ र १० विद्यार्थीहरु गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]