October 8th, 2018

कैलाली जिल्लाको जोशीपुरमा निर्धन उत्थान लघुवित्तको  ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा गत असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ ।यस तालिममा प्रशिक्षकहरु हिरालाल चौधरी, शंकर प्रसाद न्यौपाने र प्रेम प्रसाद शर्मा चापागाई रहेका थिए  । 

कुखुरापालन ब्यवसायको परिचय, महत्व र आवश्यकताका विषयमा तालिममा प्रष्ट पारितयो । त्यस्तै, कुखुराको जात, पालन गर्ने तरिका, सम्भावित रोग र रोकथाम एवम् उपचार, दाना लगायतका विषयमा विस्तृतमा जानकारी गराइएको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेम प्रसाद शर्मा चापागाईले जानकारी गराए । यसबाहेक, कुखुरापालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका तथा कुखुरापालन ब्यवसायको बजार ब्यवस्थापन, कुखुरापालनको स्किम, बचत परिचालन र बचतका फाईदाहरु एवम् संस्थाका सेवाहरुको बारेमा तालिममा जानकारी गराइएको थियो ।  

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याई रहेको छ । 

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।

संस्थाले २०७५ भाद्र मसान्तसम्ममा तीन लाख २० हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ भाद्रसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ७० करोड बचत परिचालन गरेको छ ।