October 5th, 2018

कञ्चनपुरको बेलौरीमा निर्धन उत्थान लघुवित्तको बाख्रापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आश्विन १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको बेलौरीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु लौटन राम चौधरी, दिपक राज भट्ट, शंकर प्रसाद न्यौपाने र बिरेन्द्र प्रसाद चौधरी रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले बताए । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको उनले बताए । 

संस्थाको बेलौरी शाखा कार्यालयका प्रमुख बिरेन्द्र प्रसाद चौधरीले तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा प्रकाश पारे । 

बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदा बारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै खसी पार्ने उमेर र तरिकाहरु बारे आवश्यक जानकारी, रोग तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा बाख्रामा लाग्ने पिपिआर रोग, टिम्पेनी, छेरौटी रोग, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रण साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास, बजार ब्यवस्थापन, बाख्रापालनको स्किम बारे प्रशिक्षक हरुले बिस्तृत रुपमा जानकारी गराएका थिए । साथै यस बचतको महत्व तथा संस्थाको बचतको बारेमा, संस्थाका सेवाहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको अत्तारिया क्षेत्रीय कार्यालयका क्षेत्रिय प्रमुख श्री शंकर प्रसाद न्यौपानले बताएका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी गर्भु राना र सहभागी लोक बहादुर भारतीले गरे । ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]