बैंकिङ खबर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी छ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भइसकेपछि संस्थाको चुक्तापुँजी नौ करोड रुपैयाँ पुग्नेछ ।