Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको जलवायु वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२०७५ आश्विन १३ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवि वित्तीय संस्थाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ७ वटा शाखाका शाखा प्रमुख तथा फिल्ड तहमा कार्यरत कर्मचारीहरुको लागि जलवायु अनुकुल उर्जा प्रविधि र यसको फाइदाहरु तथा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । संस्थाले यू.के.एड., सक्षम एक्सेस टु फाइनान्सको आर्थिक सहयोगमा तथा संस्था वीनरक इन्टरनेशनलको प्राविधिक सहयोगमा असोज १० गतेदेखि १२ गतेसम्म उक्त तालिम सम्पन्न गरेको हो । 

उक्त तालिम कार्यक्रममा बैंकको प्राविधिक सहयोगी संस्था वीनरक इन्टरनेशनलबाट पशुपति प्रसाद खत्री, निरा भट्ट र विभिन्न जलवायुअनुकुल उर्जा प्रविधिहरु बिक्रेता कम्पनीका प्रतिनिधिहरु द्वारा तालिममा सहभागी कर्मचारीहरुलाई बैंकले प्रर्वद्धन गर्न लागेका उर्जा प्रविधिहरु (सुधारिएको चुलो, घरेलु तथा व्यवसायिक बाँयो ग्यास, सोलार कन्डक्सन ड्रायर, सौर्य विद्युत प्रणाली, सोलार वाटर पम्प, सोलार वाटर हिटर, सोलार कुटानी पिसानी, सोलार रेफ्रिजेरेटर, विद्युतीय रिक्सा) को जानकारी तथा तिनका फाइदाहरुको विषयमा र बैंकको तर्फबाट इन्द्र बराली र सन्तोष रसाइली ले वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम अन्र्तगत वित्तीय साक्षरताको उदेश्यहरु तथा महत्व, पारिवारीक बजेट निर्माण, बचत, ऋण, लद्यु उद्यम, विप्रेषण, लघुबीमा, सम्पत्ति सुद्धिकरण, प्रस्तुतीकरण सीप जस्ता विषयहरुमा प्रशिक्षण गरेका थिए ।

बैंकले सक्षम एक्सेस टु फाइनान्सको आर्थिक सहयोगमा बैंकमा आवद्ध समुह सदस्यहरुको घर, साना लघु उद्यम तथा आयआर्जनका कार्यहरुका लागि उचित मुल्यका, स्वच्छ तथा जलवायु अनुकुल उर्जाको पहुँच सहज बनाउने लक्ष्यका साथ “उर्जाको उत्पादनशील प्रयोगका लागि ग्रामिण वित्तीय पहुँच अभिवृद्धि परियोजना” सञ्चालन गरेको छ । जस अन्र्तगत बैंकले समुह सदस्यहरुलाई लक्षित गरी गोबर ग्यास/वैकल्पिक उर्जा (सोलार) कर्जालाई परिमार्जन गरी उर्जा कर्जा निर्माण गरेको छ । यो कर्जा समुह सदस्यहरुले उर्जा प्रविधिहरु जडान गर्न इच्छुक भएमा १६% घट्दो ब्याजदरमा उपलब्ध गराउन सकिनेछ ।

“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मुल नारालाई आत्मसात गर्दै आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्ने उदेश्यले स्थापित पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको छ । 

Ad