Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पोखरा फाइनान्समा रोजगारीको अवसर

२०७५ आश्विन १२ गते

बैंकिङ खबर । पोखरा फाइनान्सले क्रमश बुटवल, सिद्धार्थनगर र पोखराको कार्यालयको लागि अफिसर, जुनियर अफिसर र सुपरभाइजर मागेको छ । यसको लागि स्नातक गरि ४ वर्षको कार्यानुभव हुनु पर्नेछ । 

त्यस्तै नारायणघाट शाखाको लागि एक जना बरिष्ठ सहायक माग गरेको छ । यसको लागि स्नातक गरि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। संस्थाले बुटवल, सिद्धार्थनगर, नारायणघाट र पोखरा शाखाको लागि सहायक स्तरको कर्मचारी माग गरेको छ । यसको लागि स्नातक गरी एक वर्षको कार्यानुभव हुनु पर्नेछ । 

संस्थाले बुटवल र पोखरा शाखाको लागि कनिष्ठ सहायक तहको कर्मचारी माग गरेको छ । यसको लागि स्नातक गरि अनुभव नभएकाले पनि आवेदन दिन पाउने छन् । ईच्छुक योग्याता पुगेका नेपालीले असोज २६ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।