बैंकिङ खबर । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समतिको असोज ९ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण सेयर स्वामित्व रहेको छ ।