September 23rd, 2018

स्पर्श लघुवित्तको दुई लाख ४० हजार कित्ता आईपिओ आउने

बैंकिङ खबर । स्पर्श लघुवित्त वित्तीय संस्थाले दुई करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ४० हजार कित्ता  हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

यसका लागि लघुवित्तले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल स्पर्श लघुवित्तको चुक्तापुँजी पाँच करोड ६० लाख रुपैयाँ रहेको छ । आइपिओ जारी गरेपछि संस्थाको चुक्तापूँजी आठ करोड रुपैयाँ पुग्नेछ ।

१० वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल १५ वटा शाखामार्फत ६ हजार पाँच सय जना सर्वसाधारणलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।