जापानभरिका १ हजार ४ सय एटीएम काउन्टरबाट करीब साढे १ अर्ब येन चोरी भएको खुलासा भएको छ । चोरीमा अन्तर्राष्ट्रिय समूह नै संलग्न रहेको बताइएको छ । जापानी सञ्चार माध्यकहरुमा जनाइएअनुसार, करिब एक सयको संख्यामा रहेका चोरहरुले ३ घण्टाभन्दा पनि कम समयमा टोकियो, अशोका लगायतका सहरमा रहेका एटीएमहरुबाट १ अर्ब ४० करोड येन (१ करोड ३० लाख अमेरिकी डलर) चोरी गरेका छन् ।
जापानमा एटीएमहरुबाट एक दिनमा ९ सय १० अमेरिकी डलर (१ लाख येन) भन्दा बढी झिक्न नपाइने व्यवस्था गरिएको छ । यसको बाबजुद पनि त्यत्ति छोटो समयमा यत्ति धेरै रकम कसरी चोरी भयो भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन । जापानी प्रहरीले चोरीको बारेमा पुष्ट भने गरिसकेका छैनन् ।