Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्त तेश्रो वर्षमा प्रवेश, ३३ हजार बढी सदस्यलाई वित्तीय सेवा प्रदान

२०७५ भाद्र १७ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । यस दुई वर्षको अवधिमा संस्थाले आफ्ना ३३ हजार ६ सय सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै २१ हजार ५ सय ऋणी सदस्यहरुलाई रु. १ अर्ब ३३ करोड कर्जा प्रवाह गर्नुका साथै २७ करोड ४८ लाख निक्षेप संकल नगर्न सफल भएको छ ।

दोश्रो बार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । संस्थाले केन्द्रीय कार्यालय ककनी – ६, नुवाकोटमा प्रभातफेरी पश्चात स्थानीय बजार एवं विद्यालय सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा, तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यस्तै, वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले स्थानीय सामुदायिक विद्यालयका करीब १५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथैउ त्कृष्ट अंक ल्याउने दुई जना छात्र छात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराएका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष ज्ञानबहादुर लामा, प्रधानाध्यापिका, शिक्षक शिक्षिकाहरु, वित्तीय संस्थाका विभागीय प्रमुखहरु प्रमोद भट्टराई, रबिन खतिवडा तथा दिपेन्द्र खनाल एवं शाखा कार्यालय मदानपुरका प्रबन्धक विकाश दुलाल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाका देशभरी रहेका ३६ वटा शाखा कार्यालयहरु तथा काठमाडौंस्थित सम्पर्क कार्यालयमा पनि दोश्रो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

आगामी दिनहरुमा संस्थाले कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई अझ प्रभावकारी तथा विश्वसनीय लघुवित्त सेवा प्रवाह गर्ने योजना बनाएको छ ।

Ad