चीनको कृषि विकास बैँकले गरिबी निवारणको लागि करिब ४ खर्ब ५८ अर्ब अमेरिकी डलर बराबरको ऋण दिने घोषणा गरेको छ । चीनको नीति तथा योजनाको लागि यसअघि ऋण प्रदान गर्दै आएको बैँकले सन् २०२० सम्ममा गरिबी घटाउने लक्ष्यका लागि सो समयसम्ममा यो ऋण उपलब्ध गराउने बताइएको छ । जसअन्तर्गत, चीनको ग्रामीण भेगको विकासका लागि ११ खर्ब युआन, खाद्यबालीहरुको उत्पादन वृद्धिका लागि १० खर्ब युआन तथा पर्यटन, वातावगरण र शिक्षा क्षेत्रमा समेत उल्लेख्य ऋण उपलब्ध गराइने जनाइएको छ ।