Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन विकास केन्द्रको २७औँ वार्षिकोत्सव : बेराजगारी समस्यालाई उद्यमशीलतामार्फत समाधान गर्ने प्रतिवद्धता

२०७५ श्रावण २८ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरुलाई समयमै सुधार गरी सामाजिक जिम्मेवारी भित्र रहेर कार्य गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिए ।  

स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको जानकारी दिए । उनले सामाजिक–आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यस तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

समारोहका सभापति तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए । उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए । जुन बंगलादेशको ग्रामीण ट्रष्टले विगत देखि संचालन गर्दै आएको छ ।

समारोहमा अर्थमन्त्री खतिवडाले केन्द्र तथा ग्रामीण ट्रष्ट, बंगलादेशले संयुक्त रुपमा आयोजना गरेको ग्रामीण वित्तीय पद्दती विषयक अन्तराष्ट्रिय कार्यक्रमको अवसरमा प्रकाशित 'What we can learn from the Grameen Bank' अंग्रेजी प्रतिवेदन विमोचन गरे ।