May 22nd, 2016

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? जनता बैँकले जारी गर्दैछ ५० प्रतिशत हकप्रद शेयर

janataजनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।  

हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेकोमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । बैंकले यही जेठ ३० गते गर्ने साधारणसभा गर्ने जनाएको छ । सभामा अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने बैंकको योजना छ । 

त्यसैगरी, बैंकको सञ्चालक समितिले १९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयर बनाउन प्रस्ताव गरेको छ । हाल बैंकमा प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत छ । प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत भएपनि प्रवर्द्धक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत रहने छ ।