हाम्रो विकास बैंक र ज्योति विकास बैंंकबीचको मर्जर प्रक्रिया तोडिएको छ । हाम्रो विकास बैंकले ज्योतिसँग मर्जर प्रस्ताब अस्वीकृत गरेको हो ।
गत मंसिरमा, ज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । यी संस्थाले नेपाल राष्ट्र बैंकबाट गत चैतमा मर्जरको सैद्दान्तिक सहमति पाएका थिए । यी संस्थाहरुको ड्यु डेलिजेन्स अडिट पनि भएको थियो । डीडीएमा सबै संस्थजाको स्वाप रेसियो १ बराबर १ हुने सहमति भएको थियो ।
ज्योति विकास बैंकको खराब कर्जा अत्यधिक बढेकाले सेयरधनीले त्यस्तो बैंकसँग मर्जर प्रक्रियामा जान नसकिने अडान राखेपछि मर्जरको प्रक्रिया अवरुद्ध भएको हो । साधारण सभामा उपस्थित ३० प्रतिसतभन्दा बढी सेयरधनीले ज्योतिसँगको मर्ज प्रस्तावमा विरोध जनाएपछि मर्जको प्रस्ताव अस्वीकृत हो ।
ज्योति र झिमरुकले भने मर्जको प्रस्ताव पारित गरेका छन् । मर्ज पछि बैंकको नाम ज्योति विकास बैंक राख्ने सहमति भएको थियो । झिमरुक र हाम्रो विकास बैंक क्षेत्रीयस्तरका हुन भने ज्योति विकास बैैंक राष्ट्रियस्तरको हो ।