August 9th, 2018

चौतारी लघुवित्तको शाखा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । शाखा प्रबन्धकहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ लघुवित्तले २ दिने शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको हो । 

त्यस्तै, तालिमको उदघाट्न गर्दै बैंकका अध्यक्ष जगत बहादुर पोखे्रलले तालिमबाट सबै शाखा प्रमुखको क्षमताको विकास हुनुका साथै वित्तीय संस्थाबाट प्रदान हुने सेवा सुविधा छिटो, सहज र वित्तीय संस्थाले राखेको लक्ष्य हासिल गर्न उर्जा मिल्ने बताए । सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्ने वित्तीय संस्थाको उद्देश्य रहेको र सोहीअनुसार तालिमको आयोजना गरिएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै, लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कर्मचारीहरुको दक्षताले मात्र वित्तीय संस्था सबल बन्न सक्ने र सेवाग्राहीलाई राम्रो सेवादिन सकिने बतााए । साथै, सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने गरि सिकेका कुराहरु ब्यावहारमा कार्यन्वयन गर्न निर्देशन समेत दिए ।  

समापन क्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंक पोख्रेलले छोटो समयमा वित्तीय संस्थाले गरेको प्रगतीमा सबै कर्मचारीहरुलाई बधाई दिदै आगामी दिनमा गरिब र दु.खी परिवारको आशु पुस्न सकियोस भन्दै शुभकामना समेत दिए ।

सो तालिममा बैंकका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशी, बिमलखनाल, ख्यामकान्त अर्याल, ज्ञानु पन्त, अम्मरनाथ सेढाई र कृष्ण बहादुर चौधरीले प्रशिक्षण दिएका थिए । तालिममा ३२ जना सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]