Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्वारा शाखा व्यवस्थापन तालिम आयोजना

२०७५ श्रावण २२ गते

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पुर्याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले मंगलबार (साउन २२ गते) देखि संचालन गरिएको तालिम साउन २५ गतेसम्म संचालन हुनेछ । 

तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक श्रोत व्यक्तिहरु र नियामक निकायका श्रोत व्यक्तिबाट लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौति र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्तहरु, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रीत रही विभिन्न सत्रहरु संचालन हुने बताइएको छ ।

चार दिनसम्म संचालन हुने यस तालिममा संस्थाका विभिन्न ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागीता रहेको छ ।  

Ad