May 22nd, 2016

नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर र एफपीओ आउँदै

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनिले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनिको १६ औँ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई बोनर शेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । यसका साथै, कम्पनिले बोनशपछि दश प्रतिशत एफपिओ सोत जारी गर्ने जनाएको छ । १० प्रतिशत एफपीओ प्रिमियम मुल्यमा जारी गर्ने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको छ ।

कम्पनीले संस्थापक साधारण तर्फको शेयर रेसियो ७०ः३० प्रतिशत बनाउनका लागि एफपीओ जारी गरिने भएको हो । हाल कम्पनीमा संस्थापकको ८० र सर्वसाधारण तर्फ २० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

हाल एक अर्ब ७३ करोड चुक्ता पूँजी रहेको कम्पनिको बोनस र एफपीओ जारी पछि चुक्ता पूँजी दुई अर्ब ३७ करोड नाघ्ने छ ।