Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नयाँ नेपाल लघुवित्तको सीईओमा सरोज घिमिरे नियुक्त

२०७५ श्रावण २१ गते

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको गत बिहीबार बसेको बोर्ड बैठकले घिमिरेलाई आइतबारदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

घिमिरे यस अघि नयाँ नेपालकै कार्यकारी सञ्चालक थिए । कार्यकारी सञ्चालकको पदबाट घिमिरेले दिएको राजिनामा स्वीकृति गर्दै सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । घिमिरे लामो समयदेखि लघुवित्त क्षेत्रमा सक्रिय छन् ।

Ad