July 29th, 2018

नयाँ नेपाल लघुबित्तले दियो नबनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि.ले नव नियुक्त कर्मचारीहरुका लागी सेवा प्रबेश तालिम सम्पन्न गरेको छ । हालसालै महोत्तरी, धनुषा, सिराहा र सुनसरी मा गरी ८ वटा नयाँ साखा थपेको सँस्थाको केन्द्रिय कार्यालय धुलिखेलको आयोजनामा शाखा कार्यालय बर्दिबासको सभाहलमा बिभिन्न १० जिल्लाका १६ जना नबनियुक्त  कर्मचारीहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ १ दिने सेवा प्रबेश तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका डिपुटी जनरल म्यानेजर दुर्गा प्रसाद न्यौपानेले संस्थाका निति नियम सेवा सुबिधा, प्रशासनिक ब्यबस्थापनबारे जानकारी दिँदै संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

मानव संशाधन बिभागका प्रबन्धक दिलेन्द्र बस्नेतले लघुबित्त र यसको महत्व तथा उद्देश्यका बारेमा प्रष्ट पारे । तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने संस्थाको उद्देश्य रहेको समेत उनले बताए ।

त्यस्तै, अनुगमन अधिकृत सुमन घिमिरे र आशिष प्रधानले कर्जा, लगानी (असुली बचत सँकलन र दैनिक कार्यक्रम संचालन बारे प्रशिक्षण दिनुका साथै लेखा ब्यबस्थापन, सफ्टवयर संचालन, रिपोर्टिङ लगायत बारेमा जानकारी दिए । साथमा सिकेका कुराहरु ब्यवहारमा कार्यन्वयन गरी सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन समेत दिए ।

तालिमको समापन गर्दै संस्थाका प्रमुख कार्यकारी सँचालक सरोज घिमिरेले सर्वसाधारणमा बैंकिङ पहुँच वृद्धि र विस्तारका लागि वित्तीय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताउँदै  संस्थालाई थप विकसित गर्न शाखा बिस्तार गरी गुणस्तरिय सेवा प्रदान गर्ने कुरामा जोड दिए । घिमिरेले लघुवित्तको नीति अनुरुप यस संस्थाले वित्तीय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम समानान्तर रुपमा संचालनको तयारी भइरहेको बताए । कर्मचारीहरुको दक्षताले मात्रै संस्था सबल बन्न सक्ने, सेवाग्राहीलाई पनि राम्रो सेवा दिन सकिने उनको विश्वास रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]