Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनसेवी लघूवित्तको नाफामा ४४२ प्रतिशतको वृद्धि

२०७५ श्रावण ८ गते

पर्बतको जनसेवी लघुवित्त वित्तीय संस्थाले आ.व.२०७४।७५ मा ६० लाख ५२ हजार रुपैयाँ खूद मूनाफा आर्जन गरेको छ । आ.व.२०७३।७४ मा १३ लाख ६८ हजार नाफा आर्जन गरेको यो वित्तीय संस्थाले गत आर्थिक वर्षमा ४४२ प्रतिशत बढी मूनाफा हासिल गर्न सफल भएको संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

संस्थाको कर्जा लगानी  असार मसान्तसम्ममा ४१ करोड ८५ लाख कर्जा रुपैयाँ रहेको । जनसेवीले यो अवधिमा ११ हजार तीन सय जना सदस्यलाई वित्तीय संस्थामा आवद्घ गराई १२ करोड २८ लाख रुपैयाँ बचत रकम संकलन गरेको छ । 

चालू आ.व.२०७५।७६ मा ५ जिल्ला थप गरी १५ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गर्ने र २४ हजार सदस्यहरुलाई आवद्घ गराई विभिन्न सीपमुलक तालिमको समेत अवसर प्रदान गर्दै बचत तथा कर्जा सेवा प्रवाह गरी दुई करोड १० लाख मूनाफा आर्जन गर्ने लक्ष्य लिएको प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

हाल जनसेवी लघुवित्तको चुक्तापुँजी नौ करोड ८० लाख रुपैयाँ रहेको छ । यसै वर्ष भित्रमा सर्वसाधारण गरी सेयर जारी गरेर १४ करोड रुपैयाँ पुँजी पुर्याउने लक्ष्य लघुवित्तले लिएको छ ।