Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्त पश्चिम रुकुमको चौरजहारीमा पनि, कुल शाखा ४० पुग्यो

२०७५ श्रावण ७ गते

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले आफनो ४०औँ शाखा पश्चिम रुकुमको चौरजहारीमा विस्तार गरेको छ । वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले उक्त शाखाकी सदस्य मैनकली वलीलाई ब्यवसायीक कर्जा रु.१००००० रुपैयाँ वितरण गरि औपचारीक रुपमा शाखाको उद्घाटन गरे ।
उक्त अवसरमा वित्तीय संस्थाका अध्यक्ष पोख्रेलले चौतारी लघुवित्त वित्तीय संस्था वास्तबमै गरिब, दु.खी र असाहयहरुको लागि भारी बिसाउने चौतारी बन्ने कुरामा विश्वस्त हुन आग्रह गरे ।

उपस्थीत स्थानीय बुद्धिजिबि तथा अन्य स्थानीय बासीन्दाले चौतारी लघुवित्त गाउँआगनमा आई सेवा दिएकोमा खुशी प्रकट गरे । 

सो अवसरमा वित्तीय संस्थाका सञ्चालक गोपाल वस्याल, पुष्पराज ढकाल तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र आन्तरीक लेखा परिक्षण प्रमुख बिमल खनालको पनि उपस्थीती रहेको थियो  । 

चौतारी १५ जिल्ला कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो । 

Ad