May 21st, 2016

दुई महिनामै विक्यो ९ हजार ‘संविधान सिक्का’

sambidhan coinनयाँ संविधानको झल्कने गरी तयार पारिएको स्मारिका सिक्का ८ हजार ७ सय ३५ थान बिक्री भएका छन् । नयाँ संविधान झल्किने गरी गत वर्षको असोज ३ गते सरकारले २ हजार रुपैयाँको चाँदीको सिक्का र १ सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो । 

पहिलो चरणमा २ हजार रुपैयाँका २ हजार ९ सय ८९ थान चाँदीको सिक्का निष्कासन गरिएको थियो । उक्त सिक्कामध्ये २ महिनामै २ हजार १ सय २५ थान बिक्री भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार केन्द्रीय बैंकले २ महिनाअघि नै १ सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का २० हजार थान निष्कासन गरेको थियो । उक्त सिक्कामध्ये ६ हजार ६ सय १० थान बिक्री भइसकेको छ ।