Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बुधबारदेखि नेपाल पूर्वाधार विकास बैंकमा भ्याकेन्सी खुल्दै

२०७५ श्रावण १ गते

बैंकिङ खबर । नेपाल पुर्वाधार विकास बैंकले बुधबार कर्मचारी नियुक्तिका लागि विज्ञापन जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएर थप प्रक्रिया पूरा गर्ने क्रममा बैंकले कर्मचारी नियुक्ति गर्न लागेको हो ।

लगभग ४० देखि ४५ जना कर्मचारीको आवेदन माग गरिने इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताए । कर्मचारीहरु अन्तर्वार्ताका आधारमा छनौट गरिनेछ । यस बैंकमा दीगोपनाका लागि कर्मचारी अत्यन्तै लगनशील, मिहेनेती, परिश्रमी, सिक्न जान्ने, इनोभेटिभ माइन्ड भएका, नयाँ नयाँ कुराहरु निकाल्न सक्ने, नयाँ कुराको जानकारी लिन सक्ने कर्मचारीलाई नियुक्त गर्ने बताइएको छ ।

पूर्वाधार विकास बैंकले लगानीका लागि पैसा जुटाउने अन्र्तराष्ट्रिय बजारमा कहाँ कहाँ सस्तो दरमा फण्ड पाइन्छ भन्ने कुराहरु खोज्न सक्ने, छलफल गर्न सक्ने, दक्षता, अनुभव, अन्र्तराष्ट्रिय स्तरमा सञ्चार गर्नसक्ने, ठूलो परियोजनामा लगानी गर्नुपरेमा के के कुराको आवश्यकता पर्छ भन्ने कुराको जानकारी भएको, हरेक कुरा जान्न सक्ने, प्रतिष्पर्धाको आधारमा, अनुभवको आधारमा, शिक्षाको आधारमा र काम गर्न सक्ने र त्यो क्षेत्रमा अनुभव भएका मानिसलाई कर्मचारीको रुपमा नियुक्ति दिनेछ ।