Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

भूकम्प प्रभावित क्षेत्रका १८ महिलालाई निर्धनले दियो साबुन बनाउने तालिम

२०७५ असार २८ गते

काठमाडौंको नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली, ठेचो, गागलफेदी र छालिङ्गका १८ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ आषाढ २५ गतेदेखि २६ गतेसम्म भक्तपुर जिल्लाको छालिङ्गमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ । तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने, गड्यौला मल उत्पादन गर्ने सीप सिकेका छन् । उक्त तालिममा प्रशिक्षिकाहरुले गड्यौला मल बनाउने तालिम पनि दिएका थिए । 

निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजोले मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न वक्ताहरुले सुझाए । निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आईरहेको जानकारी गराइन् ।

वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते पच्चीसौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिँदै आईरहेको छ ।

Ad