वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले शनिबार बिरेन्द्रनगर, चितवन शाखाका १९ जना सदस्यहरुलाई एक दिने बित्तीय साक्षरता सम्बन्धि तालिम दिएको छ । संस्थाका शाखा प्रमुख मनिष गौतम र शाखाका कर्मचारी खुम बहादुर महत्तो र शान्ती बिकले विविध प्रयोगात्मक अभ्यासहरु सहित तालिम सम्पन्न गरेका हुन् । तालिमबाट सदस्यहरुले बित्तीय अनुशासन सम्बन्धि पूर्ण ज्ञान हासिल गरेको आयोजक संस्थाले जनाएको छ ।
देशका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संःथानेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त संःथा हो । न्यून आय भएका कृषकहरुलाई समूहमा आवद्ध गराई बिना धितो तथा धितो कर्जा लगानी गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले शाखा कार्यालयहरु मार्फत् समय र परिवेश सुहाउँदो बिविध विषयमा बित्तीय तथा व्यवसायिकतालिमहरु प्रदान गर्दै ग्रामिण क्षेत्रको आर्थिक संबृद्धिमा सघाउँदै आएको विज्ञप्तीमा उल्लेख छ ।