Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

किसान माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

२०७५ असार १९ गते

बैंकिङ खबर । किसान माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ४० हजार दुई सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा किसानले सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल किसान माइक्रोफाइनान्सको चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि संस्थाको चुक्तापुँजी सात करोड २० लाख रुपैयाँ पुग्नेछ । 

लघुवित्तकोे गत पुस २४ गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१३ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । चालू आवको तश्रो त्रैमासमा कम्पनीले ६३ लाख ३२ हजार रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रूपैयाँ ८३ पैसा कायम गरेको छ । मंगलबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १४८१ रूपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
 

Ad