Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तमा जागीरका लागि एप्लाई गर्ने म्याद मंगलबार सकिँदै

२०७५ असार १८ गते

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीरका लागि एप्लाई गर्ने भोली(मंगलबार) अन्तिम दिन रहेको छ ।  

लघुवित्तले केन्द्रीय कार्यालयमा सूचना प्रविधि विभागका लागि एक जना कनिष्ठ अधिकृत मागेको छ । सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उतीर्ण गरेको र सोही विभागमा रहेर काम गरेको अनुभव भएको व्यक्तिले उक्त पदमा आवेदन दिन पाउनेछन् ।

त्यस्तै, केन्द्रीय कार्यालयकै कनिष्ठ अधिकृत पदका लागि एक जना स्नातक उतीर्ण गरेको र लघुवित्त संस्थामा कम्तीमा बरिष्ठ सहायकको रुपमा तीन वर्ष काम गरेो अनुभव भएको व्यक्तिको दरखास्त आह्वान गरिएको छ । 

यसबाहेक, विभिन्न शाखा कार्यालयहरुका लागि केही संख्यामा बरिष्ठ सहायक (शाखा प्रमुख) र उपत्यकाबाहिरका शाखाहरुका लागि कनिष्ठ सहायक मागिएको छ । बरिष्ठ सहायकका लागि प्रविण्ता प्रमाणपत्र तह उतीर्ण गरेको र दुई वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ भने एसएलसी उतीर्ण भएका र ग्रामीण भेगमा काम गर्न इच्छुक व्यक्तिले कनिष्ठ सहायकका लागि एप्लाई गर्न सक्नेछन् । 

आवेदन दिनका लागि उमेरको हद पनि तोकिएको छ ।