बैंकिङ खबर । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । भदौ ७ गतेसम्म खुला रहने सेयरमा असार २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड ६६ लाख ४६ हजार तीन सय रुपैयाँ बराबरको सात लाख ६६ हजार चार सय ६३ कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आबेदन गर्न सक्नेछन् । त्यस्तै एनएमवि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडपिवल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चावहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आदेन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता दुई हजार ४८० रूपैयाँमा कारोबार भएको छ ।