Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

लन्डनसँग सुन राख्ने ठाउँ किन्दै चिनियाँ बैँक

२०७३ जेष्ठ ६ गते

vaultआईसीबीसी स्टान्डर्ड बैँक लन्डन भल्ट(सुन राख्ने ठाउँ) किन्ने पहिलो चिनियाँ बैँक बन्ने भएको छ । बहुमूल्य धातूहरुको व्यवसाय विस्तार गर्ने योजनाअन्तर्गत आईसीबीसीले सो भल्ट किन्न लागेको जनाएको छ । २ हजार मेट्रिक टनसम्मको परिणामका बहुमूल्य धातू राख्न सकिने सो भल्ट आईसीबीसीले जुलाईमा किन्ने बताइए पनि यससम्बन्धि वित्तीय विवरण भने खुलाइएको छैन । 

लन्डनस्थित बारक्लेजले यस्तो भल्टहरु बेच्ने गरेको छ । चिनले किन्न लागेको सो भल्ट निर्माण गर्न १ वर्षभन्दा बढी समय लागेको थियो । आईसीबीसी बैँक गत साता लन्डनको बहुमूल्य धातु प्रणालीको सदस्य बनेको थियो ।