Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तले पाँच लाख ४० हजार कित्ता आईपिओ जारी गर्ने

२०७५ असार ११ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच लाख ४० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति मागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लघुवित्तले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।