Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ असार १० गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा दुई दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । पोखरामा सम्पन्न उक्त तालिम वित्तीय शिक्षाको सचेतना अभिबृद्धि तथा ग्राहक सदस्यहरुमा वित्तीय चेतना फैलाउने र वित्तीय पहुँच बिस्तारका लागि फिल्डमा तालिम गराउनको लागि सक्षम प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । 

तालिममा कर्मचारीहरुलाई वित्तीय साक्षरता मार्फत क्षमता अभिबृद्धि गरी ग्राहक सदस्यलाई वित्तीय सचेतना, आम्दानी र खर्चको लेखा जोखा, परिवारिक बजेट, बिप्रेषण, बचत, कर्जाको आबश्यकता र महत्वका साथै व्यबसायिक ज्ञानलाई ग्राहक सदस्यसँग कसरी प्रभाबकारी तरिकाले पुर्याई वित्तीय चेतना बिकास गर्ने र उद्यमशीलतातर्फ उन्मुख गराउने बिधिको बारेमा सहजकर्ता बिनोद अधिकारी र प्रेमनाथ वाग्लेले जानकारी दिएका थिए ।

वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले तालिम समापन कार्यक्रममा तालिममा सिकेका कुराहरुलाई व्यबहारिक रुपमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेमा मात्र तालिमले सार्थकता पाउने विचार ब्यक्त गरे । समाजमा परिवर्तन ल्याउन लघुबित्त संस्थामा कार्यरत कर्मचारीको भुमिका महत्वपुर्ण हुने भएकोले कर्मचारीमा उच्च मनोबलका साथ काम गर्न प्रमुख कार्यकारी अधिकृत चौधरीले आग्रह गरे । 

२ दिने उक्त तालिममा वित्तीय संस्थाका बिभिन्न शाखाबाट २५ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । विभागीय  प्रमुख माधब न्यौपानेले सञ्चालन गरेको उक्त तालिममा केन्द्रीय कार्यालयका बिभागीय प्रमुखहरुका साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।