Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन संस्थाद्वारा ललितपुर जिल्लाको टिकाथलीमा साबुन बनाउने तालिम सम्पन्न

२०७५ असार १० गते

निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका विपन्न वर्गका महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको छ । लक्ष्मी राई, सपना भुलुनद्धारा प्रशिक्षण दिइएको तालिममा १६ जना महिलाहरुको सहभागिता  रहेको थियो । निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा तालिम सम्पन्न गरिएको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी दिइन् । 

सीईओ पन्तले वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेका जानकारी गराउँदै त्यसपश्चात् निर्धन संस्थाले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आइरहेको उल्लेख गरिन् ।

तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने सीप सिकेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

तालिममा प्रशिक्षिका लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरा लाल वि.क. लगायतले आआफ्नो मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न सुझाए ।

वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते पच्चीसौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ ।