पर्बतको कुश्मामा केन्द्रीय कार्यालय रही १० जिल्लामा कार्यक्रम विस्तार गरेको जनसेवी लघूबित्त बित्तीय संस्थाले आफ्नो २१ औं शाखा गुल्मीकोे पुर्तिघाटमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि वडाध्यक्ष होम बहादूर थापा तथा संस्थाका संचालक समितिका अध्यक्ष विकास गौचनले संयूक्त रुपमा गरेको संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।
अध्यक्ष विकास गौचनले जनसेवी संस्थालाई माया गरेर बचत तथा कर्जा कारोवार संचालन गरि दिन उपस्थित सहभागीहरु लगायत स्थानीयबासीलाई अनुरोध गरे । उनले स्थानीय समाजसेवीको तर्फबाट मोती बहादूर नगरकोटीले पनि लघुबित्त कार्यक्रमको माध्यमद्धारा जनतालाई वित्तीय सेवा प्रदान गर्न जनसेवी संस्थाले शाखा खोल्नु यहाँका जनताका लागि खुशीको कुरा रहेको उल्लेख गरे ।